नेभिगेशन
समाज विविध

रेबिजबाट एक जनाको मृत्यु

चितवन– रेबिज रोगबाट इच्छाकामना गाउँपालिका– २ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ ।

उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा निजको मृत्यु भएको हो । उनी उपचारका लागि बुधबार अस्पताल भर्ना भएका थिए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध