नेभिगेशन
सुरक्षा–अपराध

सशस्त्रको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीलाई

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालको सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीलाई दिईएको छ ।


यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहनुभएका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीमा बाहिनीपतिको जिम्मेवारीमा सरुवा भएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीलाई सो जिम्मेवारी दिईएको हो ।


नायव महानिरीक्षक धौवजी यसअघि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको बाहिनीपति थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध