नेभिगेशन
सुरक्षा–अपराध

प्रहरी प्रवक्ताको जिम्मा एसएसपी रमेश थापालाई

काठमाडौँ - नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापालाई दिइएको छ ।


नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी थापालाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि एसएसपी थापालाई प्रवक्ताको जिम्मेवारी तोकिएको सचिवालयले बुधबार जनाएको छ ।

यसअघिका प्रवक्ता डीआईजी दिनेश आचार्यको सरुवा भएपछि प्रवक्ताको जिम्मा थापाले पाएका हुन्

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध