नेभिगेशन
राजनीति

मल नदिएर सरकारले किसानमाथि अन्याय गर्‍यो : प्रभु साह

काठमाडौँ- आम जनता पार्टी (आजपा) का सांसद प्रभु साहले मल नदिएर सरकारले किसानमाथि अन्याय गरेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘बाली लगाउने बेला किसानले मल पाइरहेको छैन ।’

मल पाउँदा पनि सरकारले दिने पसलमा नभएर अन्यत्रै महँगोमा मात्रै पाउने अवस्था रहेको बताए ।

‘मल पाए पनि दुई गुण तीन गुण बढीमा पाइरहेका छन् । त्यो सरकारले दिने ठाउँमा नभएर अन्यत्रै,’ उनले भने, ‘सरकारले मल नदिएर किसानमाथि अन्याय गरिरहेको छ ।’

किसानलाई लुटेर महल जोड्ने काम भइराखेको भन्दै उनले यस्तो कार्य रोकिनुपर्ने माग गरे । पहाडमा मकै छर्ने बेला रहेको उल्लेख गर्दै उनले डीएपी मल नपाउने अवस्था रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति