नेभिगेशन
राजनीति

चौथाईबालेलाई डिनर गराएका कांग्रेस नेता साउदले पाकिस्तानी सेनाको नेपाल भ्रमणबारे यस्तो भने

काठमाडौं– नेपालमा अहिले तालिमका क्रममा रहेको पाकिस्तानको एक सैन्य टोलीबारे कांग्रेस नेता तथा पूर्वमन्त्री एनपी साउदले संसद बैठकमा टिप्पणी गरेका छन्।

पाकिस्तानको उच्चस्तरीय सैनिकमण्डल नेपाल भ्रमणमा आएको विषय संसदमा साउदले उठाए। 

साउदले यो बेला पाकिस्तानी सैनिकको भ्रमण उपयुक्त नभएको बताए। छिमेकमा भएको जघन्य आतंककारी घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलले नेपाल भ्रमण भएको साउदले संसद बैठकमा बताए।

अहिले भारत र पाकिस्तानको युद्ध सुरु भैसकेको अवस्थामा साउदको यस्तो टिप्पणी आएको हो। उनले भने,‘ भ्रमण पूर्वनिर्धारित नै भए पनि वर्तमान स्थितिका बारे संवेदनशील भएर कुटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतिक्षा गर्नुपर्ने आवश्यकता थियो।’

साउद तिनै नेता हुन् जसले भाजपा नेता बिजय चौथाईबालेलाई निवासमा बोलाएर डिनर गराएका थिए। केही दिनअघि मात्र नेपाल आएका भाजपा विदेश विभाग प्रमुख चौथाईबालेसँग साउदको निवासमा गोप्य कुराकानी पनि भएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति