नेभिगेशन
राजनीति

विद्युत् प्राधिकरणको घाटाबारे ऊर्जामन्त्रीसँग जवाफ माग

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले नेपाल विद्युत् प्राधिकरणको  घाटाबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँग जवाफ मागेकी छन् । 

बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सचेतक डाँगीले केही महिना अगाडिसम्म ४६ अर्ब ४७ करोड नाफामा भएको विद्युत् प्राधिकरण एक महिनाभित्र ५ अर्ब २६ करोड घाटामा कसरी पुग्यो भन्दै प्रश्न गरिन् ।

डाँगीले कसरी घटामा पुग्यो भन्नेबारे मन्त्री खड्काले सदनमा आएर स्पष्टीकरण दिन माग गरिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति