नेभिगेशन
राजनीति

धितोपत्र बोर्डले साना परियोजनासँग कमिसनको बार्गेनिङ गरेको माओवादीको आरोप, छानबिन गर्न माग

काठमाडौं - नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कि धितोपत्र बोर्डले साना परियोजनासँग ५ प्रतिशत र ठूलो आयोजनासँग ७ प्रतिशत कमिसनको बार्गेनिङ गरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै धितोपत्र बोर्डमा कमिसनका कारण २२ महिनादेखि १००९.५ मेघावाट क्षमता रहेका ४३ जलविद्युत आयोजना ८९ कम्पनीको ५६ अर्ब ७ करोड ९३ लाख २७ हजार १३२ रुपैयाँ बराबरको आईपीओ अनुमति रोकिएको समाचार आएको बताए।

उनले भने, ‘आजको केही मिडियामा त इप्पानका अध्यक्ष र इप्पानका सदस्यले नै खुलाखुला यसकाबारेमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुभएको छ कि धितोपत्र बोर्डले साना परियोजनासँग ५ प्रतिशत र ठूलो आयोजनासँग ७ प्रतिशत कमिसनको बार्गेनिङ गर्‍यो। यो निकै गम्भीर र दुःखदायी अवस्था हो।’

यो घटनालाई एउटा भरपर्दो संयन्त्रका साथ छानबिन गर्न सभामुखमार्फत सरकारलाई रुलिङ गर्न माग गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति