नेभिगेशन
राजनीति

प्रधानमन्त्री ओलीले बैशाख २८ गते राष्ट्रिय सभामा नीति तथा कार्यक्रम बारे जवाफ दिने

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा स रकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि बैशाख २८ गते जवाफ दिने भएका छन् ।

राष्ट्रियसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक यही वैशाख २८ गते आइतबार दिउँसो १:१५ बजे बस्ने छ र सो बैठकमा प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम रहेको महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति