नेभिगेशन
राजनीति

विचौलिया र भ्रष्टाचारीहरु अहिले मस्त निदाइरहेका छन् : सांसद शाही

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले सरकार जनताको लागि बनेको नभई बिचौलिया, भ्रष्टाचारी र तस्कारहरुका लागि बनेको व्यवहारतः पुष्टि भएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद शाहीले यस्तो आरोप लगाएका हुन् ।

उनले प्रचण्ड नेतृत्वको सरकारको पालामा सुत्न नपाएका बिचौलिया र भ्रष्टाचारीहरू अहिले खुसीको साथ निदाइरहेको उनको टिप्पणी छ । सांसद शाहीले सरकार जनताको हित हुने नभई बिचौलियाको हित हुने नीति निर्माण लागेको समेत आरोप लगाए ।

उनले भने ‘हामीले भनेका थियौँ,यो सरकार जनताको लागि बनेको सरकार होइन । यो सरकार गलत नियतका साथ बनेको सरकार चाहिँ हो । सरकार बिचौलिया, भ्रष्टाचारी र तस्कारहरुका लागि बनेको सरकार चाहिँ हो । सरकारले उनीहरूकै हित गर्छ । आज यो कुरा व्यवहारतः पुष्टि भएको छ सभामुख महोदय । हिजो कमरेड प्रचण्ड नेतृत्वको सरकारको पालमा निदाउन नपाएका दलाल र भ्रष्टाचारीहरू आज खुसीका साथ निदाइरहेका छन् ।’

सरकार सञ्चालकहरू नै देशलाई संकटको भुमरीतिर लैजाने कुचेष्टा गरिरहेको समेत सांसद शाहीको आरोप छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति