नेभिगेशन
राजनीति

किताबमा लेख्दैमा गणतन्त्र बाँच्दैन : राप्रपा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले निलो किताबमा लेखेर मात्रै गणतन्त्र नबाँच्ने बताएका छन् ।

आज (सोमबार) प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कार्कीले नीति तथा कार्यक्रमको निलो किताबको पहिलो बुँदामा नै गणतन्त्रलाई संस्थागत गर्ने र यसका विरुद्धलाई कारवाही गर्ने उल्लेख गरिएको भन्दै निलो किताबमा लेखेर मात्रै गणतन्त्र नबाँच्ने बताएका हुन् ।

उनले आफूहरूको आन्दोलनबाट डराएर सरकारले नीति तथा कार्यक्रममा गणतन्त्रलाई संस्थागत गर्ने उल्लेख गरेकाले यो सरकारको कायरपन भएको तर्क गरिन् । कार्कीले आफ्ना मुद्दाहरूलाई अघि बढाउन खोज्दा नेताहरूलाई हतकडी लगाएको भन्दै आक्रोश व्यक्त गर्दै कार्की गिरिबन्धु टि–इस्टेट र ललिता निवासका भ्रष्टाचारीलाई हतकडी लगाउन चुनौति समेत दिइन् । उनले आफू फस्ने डरले सरकारले चैत्र १५ गते भएको घटनाको न्यायिक छानविन गठन गर्न तयार नभएको बताइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति