नेभिगेशन
समाज विविध

स्रोत नखुलेको झण्डै एक करोडसहित चार जना पक्राउ

काठमाडौं - प्रहरीले गौशालास्थित पिंगलास्थानबाट स्रोत नखुलोको ९५ लाख रुपैयाँभन्दा धेरुै रकमसहित चार जना पक्राउ गरेको छ । 

तार्केश्वर नपा–३ फेदीका २९ बर्षीय समुन्द्र जमकट्टेल, सप्तरी सप्तकोशी नपा–१ का ४३ बर्षीय गणेश राई र लमजुङ दोदी गापा–३ का  ३१ बर्षीय सन्तोष गुरुङ र ३९ बर्षीय सन्तोष घिमिरे रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौबाट खटिएका प्रहरी टोलीले उनीहरुलाई आइतवार साँझ पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले स्रोन नखुलेको ९५ हजार १७ हजार ५०० रुपैयाँ बरामद गरेको काठमाडौं

परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए । 
उनले भने,‘काठमाडौको गौशलास्थित पिंगलास्थालनबाट स्रोत नखुलेको झण्डै एक करोड रुपैयाँ बरामद भएको छ । घटनामा संलग्न चार जना पक्राउ परेका छन् । उनीहरु विरुद्ध अनुसन्धान भइरहेको छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

मधेशमा भोलि सार्वजनिक बिदा