नेभिगेशन
राजनीति

७० वर्ष कटे, समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट जानेछु : प्रचण्ड

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू ७० वर्ष कटे पनि नयाँ आर्थिक र सामाजिक क्रान्तिको नेतृत्व गरेर समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट जाने संकल्प गरेको बताएका छन् ।

दक्षिणकाली नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले उनले यस्तो बताएका हुन् । उनले भ्रष्टाचारको विरुद्ध नयाँ आन्दोलन आवश्यक भएकाले सामाजिक न्यायको पक्षमा माओवादीले नयाँ क्रान्ति गर्न सक्ने बताए ।

उनले भने, ‘अहिले हामी फेरि हाम्रो वर्ग र मुद्दासँग जोडिएका छौं । हाम्रो नेतृत्वको सिङ्गो टिम नै खटेका छौं । हाम्रो अभियानले जनतामा नयाँ विश्वास पैदा गरेको छ । त्यसैले सबैले राष्ट्रको निम्ति एकचोटी सबैले संकल्पको साथ लाग्नु पर्नेछ । संगठन निर्माण र जनतालाई बुझाउन आवश्यक छ ।’

उनले आफू ७० वर्ष कटे पनि नयाँ आर्थिक र सामाजिक क्रान्तिको नेतृत्व गरेर समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट जाने संकल्प गरेको बताए । उनले सबैले आँट गरे एक वर्षभित्र देशको राजनीतिक रङ्गमञ्च बदलिनसक्ने जिकिर गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति