नेभिगेशन
राजनीति

कांग्रेस संसदीय दलको बैठक : सरकारको नीति तथा कार्यक्रमलाई समर्थन, रचनात्मक सुझाव राखिने

काठमाडौं– नेपाली कांग्रेसले संघीय संसद्मा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति सकारात्मक धारणा र रचनात्मक सुझाव राख्दै समर्थन गर्ने निर्णय गरेको छ । 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले नीति तथा कार्यक्रमप्रति सकारात्मक धारणा र रचनात्मक सुझाव राख्दै समर्थन गर्ने निर्णय गरेको हो । 

एक सांसदले प्रमुख सचेतक श्याम घिमिरे बैठकमा सुनाएको निर्णय उद्धृत गर्दै सरकारको नीति तथा कार्यक्रमप्रति सकारात्मक धारणा तथा रचनात्मक सुझाव राख्दै समर्थन गर्ने निर्णय गरिएको जानकारी दिए । 

कांग्रेसले नीति तथा कार्यक्रममा समेटिएका कार्यक्रमहरू सम्पन्न हुने गरी आगामी आर्थिक वर्ष ०८२-०८३ को वार्षिक विकास कार्यक्रम र बजेट तयारी गर्न पनि सरकारसँग माग गरेको छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

एमाले सचिवालय बैठक बस्दै