नेभिगेशन
समाज विविध

हेटौंडामा सडक भासिँदा गाडी जमिनभित्र गायब

हेटौंडा -हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा सडक भासिएर पिकअप भ्यान  गायब भएको छ ।

भित्री कच्ची सडकखण्डमा घाँस काट्ने मेसिन बोकेको ना४च ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी (भ्यान) सडक भासिँदा हराएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको छ ।

गाडीका चालक र सहचालकले भने गाडी धसिनुअघि नै निस्किएर  जोगिएका छन् । ‘गाडी धसिन थालेपछि डोरी लगाएर तान्न खोज्यौं । मान्छेले तानेर कहाँ हुन्थ्यो र ? डोरीसहितै गयो नि’, घटनास्थलमा रहेका सहचालकले भने, ‘हामी हाम फालेर जोगियौं ।’

घटना शुक्रबार दिउँसोको हो । गाडी भासिएको करिब ५ सेकेण्डमै गाडी हराएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गाडी डुबेको नजिकै माछापालनका लागि भनेर खनेको बोरिङ पनि रहेको छ । बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ । बोरिङ पनि धसिएको छ ।

पानीमा गाडीको भाग नदेखिएको प्रहरीले जनाएको छ । पानी कटाएर गाडीको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध