नेभिगेशन
समाज विविध

पोखरीमा एउटा बालक तैरिरहेको देखेर गाउँलेले निकाल्दा अर्का पनि भेटिए, दुवै जनाको डुबेर मृत्यु 

चितवन– एकै घरका दुई बालक पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका छन्।

शुक्रबार साँझ यो घटना पत्ता लाग्यो। 

नवलपरासीको सुनवलमा एकै घरका दुई बालकको पोखरीमा डुबेर मृत्यु भएको हो। 

सुनवल नगरपालिका –६ पुलटोल बस्ने विष्णु कवंरका दुई छोराको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको हो। 

मृत्यु हुनेमा १० वर्षीय विप्सन र उनका भाइ ८ वर्षीय दिप्सन रहेका इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ।

शुक्रबार साँझ पोखरीमा एक बालक तैरिहरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे, खोजी गर्दा अर्का पनि बालकको शव भेटियो। 

उनीहरु स्थानीय  जनसेवा माध्यामिक विद्यालयमा कक्षा २ र कक्षा ४ मा अध्ययनरत थिए। घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध