नेभिगेशन
राजनीति

प्रचण्डले खुडिक कपुवा खाए, मुसादेखि घोँघीसम्म स्वाद मानेर जिब्रो पड्काए

काठमाडौं– मधेसको हुलाकी मार्ग जागरण अभियानमा सक्रिय रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कैलालीमा स्थानीय खानाको परिकार स्वाद मानेर खाएका छन्। 

उनले थारुको खाना खुडिक कपुवा खाएका छन्। मुसादेखि घोँघीसम्मका परिकार र खचार स्वाद मानेर जिब्रो पड्काएर खाएको स्थानीयले बताएका छन्।

प्रचण्डसहित पदाधिकारीहरूलाई स्थानीयले आफ्नै घरमा पाकेको थारु पहिचानसँग जोडिएका परिकार खुवाएका थिए।

कैलारी गाउँपालिका–५ बैजपुरमा प्रचण्डसहितका नेताहरूको लागि चामलको कनिकाबाट बनाइने खुडिक कपुवा खुवाइयो। मुसा, गँगटा र बयरको चटनी लोकल कुखुराको मासु, घोँघी, खरियालगायत परिकार स्वाद मानिमानी खाए।

जागरण टोलीमा आउनेलाई स्थानीयले सालको टपरी र दुनामा खुवाएका थिए। सोही अनुसार प्रचण्डलगायत नेताहरूलाई टपरी भात पस्केका थिए। 

माओवादी अहिले जागरण अभियानमा रहेको छ। प्रचण्डले ०६४ कै समयको माओवादी फर्काउने लक्ष्यसहित अभियानलाई तिव्र बनाएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति