नेभिगेशन
पुँजी बजार

४.५ अंकले घट्यो सेयर बजार

काठमाडौँ- सोमबार सेयर बजारको परिसूचकसँगै कारोबार रकम घटेको छ ।

नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १४.५ अंक घटेको हो । सो घटाइपछि नेप्से २६४७ अंकमा कायम भएको छ । कारोबार सुरु भएको आठ मिनेटमै बजार २६७६ अंकमा पुगे पनि त्यसपछि बजार निरन्तर ओरालोमा रह्यो ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ८७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९१ करोडको कारोबार भएको छ । ७८ कम्पनीको मूल्य बढ्दा १६७ को घटेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्