नेभिगेशन
अर्थ विविध

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ - नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार ४०० रुपैयाँले घटेर एक लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुन तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध