नेभिगेशन
राजनीति

सत्ता परिवर्तनको चर्चाबीच प्रधानमन्त्री ओली र कांग्रेस सभापतिबीच भयो कुराकानी

काठमाडौं– सत्ता परिवर्तनको चर्चाबीच प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच कुराकानी भएको छ।

बैंककको ५ दिने बसाईपछि शुक्रबार नेपाल फर्किएका सभापति देउवाले सतहमा आएको खबरका विषयमा चासो लिएर कुराकानी गरेको परराष्ट्रमन्त्री समेत रहेकी देउवापत्नी आरजु राणाले बताइन्। 

विमानस्थलमा भएको पत्रकार सम्मेलनमा उनले भनिन्,‘राजनीतिक इन्टरटेनमेन्टका लागि पनि यस्ता समाचार आउँछन्, यो हल्ला हो भनिहाल्नु भयो नि।’

प्रधानमन्त्री ओलीले चुनावको तयारी गर्नु भनेको विषयमा राणाको उत्तर थियो,‘राम्रै कुरा हो, राजनीतिक स्थायीत्वका विषयमा चिन्ता लिनु भएको होला।’

ओली र देउवाबीच विहीबार साँझ टेलिफोनमा कुराकानी भएको राणाले खुलाइन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति