नेभिगेशन
समाज विविध

भरतपुर महानगरकी प्रमुख रेणुलाई धरानका मेयर हर्कको कटाक्षः तपाईको बाउ ठिक रैनछ 

धरान– भरतपुर महानगरपालिकाकी प्रमुख (मेयर) रेणु दाहाललाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कटाक्ष गरेका छन्।

साम्पाङका विषयमा एउटा अन्तरवार्तामा दाहालले दिएको टिप्पणीका आधारमा यस्तो कटाक्ष गरिएको हो।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘रेणुजी तपाईँको बाऊ प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्टाइदियो त मैले के गर्ने? बाऊ ठिक रैन छ पार्टी ठिक रहेन छ त?’

उनले धरानमा एयरपोर्ट बन्न नसकेको दोष समेत दाहालका पिता तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिँदै लेखेका छन्, ‘एयरपोर्ट मागेको तपाईँकै पार्टीको सुदन किराँती मन्त्री थिए र तपाईँकै बाऊ प्रधानमन्त्री थिए, विराटनगरमा छँदै छ किन चाहियो धरानमा भने।’

उनले अहिलेका पार्टी ठिक नभएको र विभेद गरेको आरोप लगाएर  लेखेका छन्, ‘अहिलेका पार्टी ठिक छैनन्। विभेद मात्रै विभेद गर्छ?’

उनले दाहाललाई प्रचण्ड प्रधानमन्त्री हुँदा भरतपुरमा मात्रै बजेट हालिदिएको आरोप लगाए। 

उनले लेखेका छन्, ‘तपाईँको बाउले नि प्रम हुँदा बजेट जति सबै तपाईँकै पालिकामा मात्रै खनाइदिएर विभेद गरे।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

दुई दिनसम्म पानी पर्ने सम्भावना