नेभिगेशन
समाज विविध

एकातिर राजसंस्थाको माग, अर्कातिर चर्चामा हिमानी शाहको ‘पारी डाँडाँमा’ डान्स (भिडिओ)

काठमाडौं– राजसंस्थाको मागसहितका आन्दोलका चर्चा अहिले चलिरहेका छन्। राजावादी आन्दोलनको पराकम्पनको असर पनि चलिरहेको छ। उक्त आन्दोलनका क्रममा भएका गतिविधिमा संलग्न भएको अभियोगमा कतिपय पक्राउ परिरहेका छन् भने कतिपय कानुनी प्रक्रियाका क्रममा छन्।

ज्ञानेन्द्र शाहका कडा प्रकारका विज्ञप्ति र भिडिओ सन्देश आउने क्रम पनि जारी रहेका बेला हिमानी शाहको डान्सका भिडिओ पनि चर्चामा छन्। 

पछिल्लो पटक उनको रेशम फिलीली फिल्मको ‘पारी त्यो डाँडाँमा’ घाम लाग्यो घमाइलो बोलको गीतमा उनको नृत्य सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ।

त्यसो त यसअघि पनि उनका नृत्यका भिडिओ सार्वजनिक नभएका होइनन्।

परिवारका सदस्यसहित त्रिसरा, एलओडीलगायतका क्लबमा राष्ट्रिय गीतमा ससुरा ज्ञानेन्द्र शाह नाच्दा हिमानीको पनि नृत्य देखिन्थ्यो। ति भिडिओ र खबर पनि यसअघि चर्चामा रहेका थिए।

छोरीहरू पूर्णिका र कृतिकासँग टिकटकका लागि बनाएको भिडिओमा पनि हिमानी यसअघि डान्स गरेको भिडिओ सार्वजनिक भएको थियो। सबिन राईको ‘गुराँसको फेदमुनी’ बोलको गीतको डान्सले हिमानीको नागरिक जीवनको रमाइलो कथाले सबैलाई पुलकित बनाएको थियो।
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

भारतीय दूतावास अगाडि प्रदर्शन

देशका अधिकांश भागको मौसम सफा रहने