नेभिगेशन
राजनीति

रास्वपा सचिवालयको निचोड विवादीतः रविले शुक्रबार राती नै गिरफ्तारी दिने घोषणा गरेका थिए

काठमाडौं– आफ्ना सभापति रवि लामिछानेलाई राज्यले धरपकड गरेको भनी राष्ट्रिय मानव अधिकार आयोगको ढोका ढकढकाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निचोड विवादमा परेको छ।

बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले सभापति लामिछानेलाई कानुनी प्रक्रिया मिचेर पक्राउ गरिएको भन्दै उनको दुई दिन तीन रातको हिरासत बसाइ गैरकानुनी भएकोसमेत ठहर गरेको थियो।

‘उच्च अदालत तुल्सीपुर बुटवल इजलासको आदेश स्विकार्दै आफैँ पक्राउमा सहयोग गर्ने सार्वजनिक घोषणा भइसकेको अवस्था र उच्च अदालतको आदेश कार्यान्वयन गर्न जिल्ला अदालत रुपन्देहीले प्रक्रिया सुरु नगर्दै २२ चैतमा गरिएको गिरफ्तारी कानुनविपरीत छ,’ कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बैठक निर्णय सुनाउँदै सञ्चारकर्मीहरूसँग भने, ‘२५ चैतमा मात्र जिल्ला अदालतमा उपस्थित गराई थुनुवा पुर्जी दिइएकाले दुई दिन तीन रातको हिरासत बसाइ स्वतः अवैध छ ।’ 

‘कानुनले निर्धारण गरेका आधारभूत कागजात र अदालतको आदेशसमेत नलिई घर प्रवेश गर्नु र सभापतिले मागेपछि मात्र ढिला गरी दिनु, उच्च अदालतले आदेश गरिसकेको स्थितिमा अनुसन्धानका लागि भन्दै पक्राउ गर्नु र प्रहरीका उच्च अधिकारीले नै अन्तिम इच्छा सोध्नुले प्रहरीको गैरव्यावसायिकता मात्रै प्रस्ट्याएको छैन र यसले कानुनकै धज्जी उडाएको छ,’ निर्णयमा भनिएको छ, ‘जिल्ला अदालतले प्रक्रिया सुरु नगर्दै प्रहरीले सभापतिलाई आफ्नै निवासबाट पक्राउ गर्न सक्रिय हुनु र त्यहाँ देखिएको व्यवहार झनै आपत्तिजनक छ । निवासमा गरिएको गैरकानुनी र अमर्यादित व्यवहारले राज्यको निर्मम प्रतिशोध पुष्टि गर्छ ।’

तर रास्वपा सचिवालयको निर्णय नै खण्डित हुनेगरी लामिछानेले गत शुक्रबार राती सामाजिक सञ्जालमा पोस्ट गर्न भ्याएका थिए। अदालतको आदेश आउनासाथ उनले ‘अहिले र आजै गिरफ्तारी दिन तयार छु, भोलीको कार्यक्रम नरोक्नुहोला’ भनी सामाजिक सञ्जालमा पोस्ट गर्न भ्याइसकेका थिए। 

यस्तो छ शुक्रबार राती लामिछानेले पोस्ट गरेको स्ट्याटस

488883498_708805708382049_6174301067334235384_n-1744264376.png
लामिछानेले गिरफ्तारी दिने घोषणा गरेपछि प्रहरी उनको बुढानिलकण्ठस्थित निवासमा पुगेको थियो। सो क्रममा पक्राउका लागि पुगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले ‘अन्तिम इच्छा’ भनेर सोधिएको विषय भने विवादीत बनेको छ। प्रहरीका उच्च अधिकारी भन्छन्,‘त्यो बोल्न नजानेको कुरा हो, मनसाय त्यस्तो केही पनि होइन।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति