नेभिगेशन
समाज विविध

कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार ,प्रमाण देखाउँदै बालेनले भने– गलत भए मलाई जेल हाल

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् । 

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने  ?

काठमाडौँ महानगरपालिका  २८ मा निर्माणाधीन काठमाडौँ टावर परियोजना बारे विभिन्न आदेश सार्वजनिक गर्दै उनले आफूले उठाएका विषय गलत भए जेल हाल्न चुनौती समेत दिएका छन् । 

फेसबुकमा लेख्दै बालेनले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भ्रष्टाचारी करार गरेका छन् । उनले लेखेका छन्, ‘यति धेरै कानून मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुरा चाहिँ भाषणमा सुन्नुपर्ने रु माथिको कुरा गलत भए मलाई जेल हाल ।’

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध