नेभिगेशन
समाज विविध

शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू अनशनमा

काठमाडौँ- शिक्षकहरू शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा अनशनमा बसेका छन् ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा अनशनमा बसेका हुन् ।

चरणबद्ध आन्दोलन घोषणा गरेको महासंघले १५ चैतसम्म अनशनमा बस्ने जनाएको छ ।

महासंघका अनुसार धर्नामा बसेको आज ५ दिन भइसकेको छ ।

अनशन बिहान ८ देखि ६ बजेसम्म बस्ने महासंघले जनाएको छ । सहमति अनुसार ऐन जारी नभएसम्म आन्दोलन जारी रहने अडान शिक्षकहरूको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

भारतीय दूतावास अगाडि प्रदर्शन

देशका अधिकांश भागको मौसम सफा रहने