नेभिगेशन
समाज विविध

आईटी विज्ञ बनाएका रायमाझीको बिहेमा नास्ता पानी गरेपछि ट्वाइलेटमा लडेछन् प्रचण्ड

काठमाडौं– शौचालय (ट्वाइलेट)मा लडेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेडिसीटी अस्पतालमा तीन टाँका लगाउनुपरेको समाचारसँगै अन्य तथ्य पनि खुलासा हुन थालेका छन्।

उनी काठमाडौंको टेरेस रिसोर्टमा लडेका थिए। 

खुमलटारको शौचालयमा भनिए पनि काठमाडौंको महँगो मध्यको टेरेस रिसोर्टमा लड्दा प्रचण्ड घाइते भएका थिए।

प्रचण्ड प्रधानमन्त्री रहेका बेला प्रविधि (आईटी) विज्ञ नियुक्त गरिएका प्रकाश रायमाझीको बिहे पार्टीका लागि उक्त रिसोर्टमा पुगेका प्रचण्ड नास्ता पानी गरेपछि शौचालयमा लडेको बताइएको छ।

रायमाझीले कृति कार्कीसँग माओवादी मुख्यालयमा जनवादी बिहे गरेका थिए। त्यसको पार्टी भने टेरेस रिसोर्टमा दिए जहाँ २४ घन्टाका लागि एउटा कोठामा बास बस्नका लागि ३० हजार रुपैंया तिर्नुपर्छ।

‘पार्टीमा भने जस्तो मदिरादेखि व्यापक खानेकुरा थिए, बिहे जनवादी भए पनि भोजचाहिँ संभ्रान्त थियो’, सहभागी एक स्रोतले जानकारी दियो।

उक्त पार्टीमा प्रचण्डका घरबेटी रहेकादेखि माओवादीका अन्य नेता तथा कार्यकर्ता समेत सहभागी भएका थिए। 

प्रचण्ड लडेर घाइते भएपछि उनलाई टाँका लगाई फर्काइएको थियो। प्रचण्डकी छोरी गंगा दाहालले भने शौचालयमा लडेको मात्र जानकारी दिएकी थिइन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

निकुञ्जमा गैँडा हेर्ने समय

भारतीय दूतावास अगाडि प्रदर्शन