नेभिगेशन
सुरक्षा–अपराध

२५ करोडसहित पक्राउ परेका कुसाङ लामा सार्वजनिक

काठमाडौं- प्रहरीले २५ करोड रुपैयाँ बराबरको अमेरिकी डलर तथा यूरोसहित पक्राउ परेका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– १ का कुसाङ लामालाई सार्वजनिक गरेको छ।

लामा सोमबार राति टोखाबाट पक्राउ परेका हुन्।

485022833_9362790443787324_886159294125305491_n-1742287508.jpg
उनले ट्रकको सिटमुनी फल्स बटम बनाएर डलर र यूरो चीन तस्करी गर्ने प्रयास गरेर काठमाडौं अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए।

485004880_500493593106090_437600209653357826_n-1742287507.jpg
प्रहरीले १३ लाख ७५ हजार एक सय ५० यूरो तथा तीन लाख २० हजार ८५० अमेरिकी डलर बरामद गरेको हो। पक्राउ परेका लामा २०७३ सालमा सुन तस्करीमा पक्राउ परेकोमा पाँच वर्ष जेल बसेर छुटेका थिए।

483333735_579639251779802_5476578487829961231_n-1742287508.jpg
चिनियाँ नागरिकहरुले आफुलाई सो डलर र यूरो दिएको उनले सोधपुछमा बताएका छन्। तस्करीका नँइके गिरोहमाथि अनुसन्धान भइरहेको एसएसपी बस्नेतले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध