नेभिगेशन
राजनीति

राजावादीको नयाँ मोर्चाबन्दीको नेतृत्वकर्ता नवराज सुवेदी को हुन्?

काठमाडौं– न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन न राप्रपा नेपालका अध्यक्ष कमल थापा। राजावादीको नयाँ मोर्चाको नेतृत्वको सम्हाल्ने पात्र भेटिएका छन्, ८६ बर्षिय नवराज सुवेदी। 

यो मोर्चाबन्दीलाई दुर्गा प्रसाईंले पनि नेतृत्व गर्ने छैनन्। ज्ञानेन्द्र शाहले आह्वान गरेअनुसार राजसंस्था पुनस्र्थापनाको आन्दोलनका लागि राप्रपाका वरिष्ठ नेता एवं राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष सुवेदीको नेतृत्वमा मोर्चाबन्दीको तयारी भएको बताइन्छ। 

शाहको इच्छाअनुसार ८६ वर्षीय उनले राजावादी आन्दोलनको मोर्चा सम्हाल्नेछन्। 

सुवेदीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका शीर्ष नेताहरू पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, धवलशमशेर राणा, पूर्वमन्त्री केशरबहादुर विष्ट, राजावादी अभियानका दुर्गा प्रसाईंलगायतसँग भेटेर छलफल गरिसकेका छन्। 

०४६ पछि राजनीतिमा सार्वजनिक रूपमा सक्रिय नदेखिएका सुवेदीले शाहको इच्छाअनुसार मोर्चाको नेतृत्व गर्न लागेको नेताहरूको भनाइ छ।

राप्रपाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा मोर्चाबन्दीको इच्छा गरेको थियो भने राप्रपा नेपालले संस्कृतिविद् डा. जगमान गुुरुङको नेतृत्वमा सबै राजावादी अटाउने मोर्चाबन्दी गर्न चाहेको थियो। 

यता व्यावसायी प्रसाईं, स्वागत नेपाललगायतले पनि राजसंस्था पुनःस्थापनाको अभियानलाई तिव्र गतिमा अगाडि बढाएका छन्। शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतका अनुसार अनुभवी नेताको अगुवाईमा हुने मोर्चाबन्दीको चर्चा छ। तर, देश जोगाउनका लागि अब राजा आवश्यक रहेको शिव सेनाको ठहर रहेको उनले सुनाए।

सुवेदी राजा महेन्द्रले स्याब्यासी दिएका पात्र पनि हुन्। के उनको नेतृत्वमा राजावादीको मोर्चा बलियो बन्न सक्छ? अहिले बहसको विषय रहेको बताइन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति