नेभिगेशन
सुरक्षा–अपराध

आरआरका स्वतन्त्र समूहका देवकोटा भन्छन्– पहिला धम्की दिएका थिए, भलिबल खेलेजसरी कुटे

काठमाडौं– रत्न राज्य (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहका सचिव पदका उम्मेदवार दीपक देवकोटालाई एमालेनिकट अनेरास्ववियुका विद्यार्थीले कुटपिट गरेका छन्। 

कुटपिटबाट देवकोटा घाइते भएका छन्। स्ववियु चुनावमा उनी स्वतन्त्र विद्यार्थी समूहबाट उम्मेदवारी दिन पुगेका थिए। उनले सचिव पदमा उम्मेदवारी दिएका छन्।

देवकोटाले क्यानडानेपालसँग भने,‘पहिला उम्मेदवारी नदिनका लागि धम्क्याएका थिए। तर, उम्मेदवारी दिएपछि आज भलिबल ग्राउन्डमा भलीबल खेले जसरी कुटेका छन्।’

उनीमाथि भएको कुटपिटको भिडिओ सीसीटीभीमा कैद भएको छ।

कुटपिट भएका देवकोटाको उपचार जारी रहेको विद्यार्थी बब्लु गुप्ताले जनाएका छन्। 

उनले भने,‘आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहका सचिव पद्का उम्मेदवार दीपक देवकोटालाई सत्ता निकट एमालेको अनेरास्वबियुले क्याम्पसको भित्र खेलकुद ग्राउन्डमा सामूहिक आक्रमण गरेको छ। यसको हामी घोर निन्दा गर्दछौँ।’ 

स्वतन्त्र विद्यार्थीसँग डराएर भौतिक आक्रमणमा उत्रीनु कयरता रहेको बताउँदै गुप्ताले देवकोटामाथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध