नेभिगेशन
सुरक्षा–अपराध

बलात्कार आरोपमा ७ जना किशोर पकाउ

 हेटौंडा- मकवानपुरमा युवतीलाई बलात्कार गरेको आरोपमा १८ वर्षमुनिका ७ जना किशोरहरू पकाउ परेका छन् ।

घटना करिब डेढ महिना अघिको हो । गत माघ ६ गते  बिहान साढे ८ बजे हेटौंडा उपमहानगरपालिका-२, स्थित वनस्खण्डी मन्दिर माथिको जंगलमा युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

पीडित युवतीले २१ फागुनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएकी थिइन् । प्रहरीले २२ फागुनमा हेटौंडाका विभिन्न स्थानमा बस्ने ५ जना आरोपित किशोरहरुलाई नियन्त्रणमा लिएको थियो ।

उनीहरूलाई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको डिएसपी अर्यालले जानकारी दिए । आरोपित थप दुई जना किशोरलाई २३ फागुनमा पक्राउ गरी अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध