नेभिगेशन
राजनीति

शेखर कोइरालालाई पुस्तक दिएको तस्बिर राख्दै रविन्द्र मिश्रले यस्तो लेखेपछि...

काठमाडौं- नेपाली राजनीतिमा पछिल्लो समय राजसंस्थासम्बन्धी बहस पुनः चर्किएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नो सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको भनाइलाई उद्धृत गर्दै राजसंस्थाबारे खुला बहस आवश्यक रहेको संकेत गरेका छन्।

मिश्रले आफ्नो फेसबुकमा लेखेका छन्,

"अरुले 'पूर्वराजा' भन्छन्, तर म 'राजा' नै भन्छु"

शेखर कोइरालाको आजको यो भनाइपछि मैले ०२ असार, २०८० मा उहाँसँग भेटेको र उहाँकै अनुमतिमा सार्वजनिक गरेको तलको सन्देश/संवाद याद आयो:

कांग्रेस नेता Dr Shekhar Koirala ले गज्जबको कुरा भन्नुभयो: "म 'राजा'लाई कहिल्यै 'पूर्व राजा' भन्दिन नि। मैले त भन्ने गरेको छु: हामी नेपाली अहिले रेलको 'गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दूराष्ट्र' जस्ता अनेकौँ डिब्बामा चढेर यात्रा गरिरहेका छौँ। गन्तव्यमा चाहिँ एकजना मान्छे मुस्कुराएर पर्खिरहेछन् -- ती हुन् 'राजा'!"

मैले सोधेँ, "तपाईंको यो भनाइ म उद्दरण गर्न सक्छु?" उहाँले भन्नुभयो, "किन नसक्नु? मैले सार्वजनिक रूपमैँ भनेको कुरा हो यो।"

#विचारभन्दामाथिदेश, माहोल परिवर्तन हुँदैछ भनेर बुझ्दा कसो होला?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति