नेभिगेशन
खेलकुद

चिरिबाबुले साम्बालाई दिए नगद र मायाको चिनो

काठमाडौ - ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ‘प्लेअर अफ द म्याच’ बनेको भन्दै साबित्रा भण्डारी (साम्वा)लाई पच्चीस हजार नगद सहित र मायाको चिनो प्रदान गरेका छन् ।

बिहिबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुगेर मेयर महर्जनले हौसला स्वरुप उक्त रकम र मायाको चिनो प्रदान गरेका हुन् । ‘उहाँको खेल निकै राम्रो थियो, उहाँ प्लेअर अफ द म्याच बन्न सफल हुनुभएको छ,’ उनले भने, ‘त्यही कारण हामीले हौसला थपेका हौं ।’ 
आजको खेलसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ । आजको खेलमा नेपालले लेवनानलाई १–० ले हराएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद