नेभिगेशन
खेलकुद

आईसीसी च्याम्पियन्स ट्रफी आजदेखि, पहिलो खेलमा पाकिस्तान र न्यूजील्याण्ड भिड्दैन

काठमाडौ - आईसीसी च्याम्पियन्स ट्रफी शुरु हुदै छ । पाकिस्तान र युएईमा हुने यस च्याम्पियन्स ट्रफीमा आठ देश सहभागी हुदै छन् ।

फेब्रुअरी १९ देखि सुरु हुने च्याम्पियन्स ट्रफी २०२५ मा आठ टोलीले खेल्नेछन् । जसमा समुह ए मा बंगलादेश, भारत, न्यूजील्याण्ड र पाकिस्तान रहेका छन् । त्यस्तै समुह बी मा अफगानिस्तान, अस्ट्रेलिया, इङल्याण्ड र दक्षिण अफ्रिका रहेका छन् । च्याम्पियन्स ट्रफीको फाइनल खेल मार्च ९ मा खेलिनेछ ।

च्याम्पियन्स ट्रफीका खेलहरू पाकिस्तान र संयुक्त अरब इमिरेट्समा आयोजना हुदै छन् । भारत खेल्ने सबै खेल युएईमा हुने छन् भने अन्य खेल पाकिस्तानमा हुने छन् । प्रतियोगिताको पहिलो दिन आज आयोजक पाकिस्तान र न्यूजील्याण्ड खेल्दै छन् ।

आईसीसीले च्याम्पियन्स ट्रफी विजेता टिमले २२ लाख ४० हजार डलर दिदै छ । त्यस्तै उपविजेता टिमले ११ लाख २० हजार डलर पाउने आइसीसीले जनाएको  छ ।  त्यस्तै सेमिफाइनलमा हारेको टिमले ५ लाख ६० हजार डलर पाउनेछन् । त्यस्तै पाँचौं र छैटौं स्थानमा हुने देशले ३ लाख ५० हजार पाउने छन् भने सातौ र आठौँ हुने देशले एक लाख ४० हजार पाउने छन् ।

आइसीसीले २०१७ च्याम्पियन्स ट्रफीको कुल पुरस्कार राशि ५३ प्रतिशतले बढाइएको छ र यस पटक पुरस्कार राशिमा कुल ६९ लाख डलर खर्च हुनेछ ।  आइसीसीले च्याम्पियन्स ट्रफी खेल्ने सबै देशले थप एक लाख २५ हजार पाउने गरि पुरस्कार रकमको वितरण गरिएको आसिसीले उल्लेख गरेको छ ।  

आइसीसी च्याम्पियन्स ट्रफी योसहित नवौं पटक आयोजना हुदै छ । च्याम्पियन्स ट्रफीलाई विश्वकपपछिको ठुलो आइसीसी इभेन्टको रुपमा हेरिन्छ । यसअघि सम्पन्न आठ प्रतियोगितामा अस्ट्रेलियाले २ पटक जितेको छ । अस्ट्रेलियाले २००६ र २००९ मा च्याम्पियन्स ट्रफी जितेको थियो । त्यस्तै भारतले पनि २००२ मा श्रीलंकासँग उपाधि शेयर गरेको थियो भने २०१३ मा उपाधि जितेको थियो ।त्यस्तै न्यूजील्याण्डले २००० मा यो उपाधि जितेको थियो भने २००४ मा वेस्ट इन्डिजले जितेको थियो । त्यस्तै श्रीलंकाले २००२ मा भारतसँग संयुक्त रुपमा उपाधि जितेको थियो । च्याम्पियन्स ट्रफीको पहिलो उपाधि भने १९९८ मा दक्षिण अफ्रिकाले जितेको थियो ।

त्यस्तै पाकिस्तान आइसीसी च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन हो । पाकिस्तानले २०१७ मा उपाधि जितेको थियो । च्याम्पियन्स ट्रफी खेलेका बंगलादेश, इङल्याण्ड, केन्या, नेदरल्याण्डस, अमेरिका र जिम्बाबेले उपाधि जित्न सकेका छैनन् । त्यस्तै यस पटक अफगानिस्तान पहिलो पटक च्याम्पियन्स ट्रफी खेल्दै छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद