नेभिगेशन
खेलकुद

पहिलो हाफमा नेपाल १–० ले अघि

काठमाडौं - अन्तर्राष्ट्रिय फोर नेसन्स कपको पहिलो खेलको पहिलो हाफ समाप्त हुँदा नेपालले किर्गिस्तानविरुद्ध १–० को अग्रता लिएको छ । लगातार आक्रमण गरेपनि नेपालकी रश्मीकुमारी घिसिङ, रेखा पौडेल र सविता रानामगर चुकेका थिए । 

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फिफा वरियतामा आफूभन्दा २५ स्थान तल रहेको किर्गिस्तानविरुद्ध खेलको दशौं मिनेटमा पहिलो गोल गर्याे । विंगर विमला चौधरीले हेडर गोल गरिन् । सविता राना मगरले कर्नरको दायाँ भागबाट गरेको क्रसलाई विमला चौधरीले सहज गोल गरेकी हुन् । 

आज नै भएको पहिलो खेलमा म्यानमारले लेवनानलाई ३–१ ले हराउँदै महत्वपूर्ण तीन अंक जोडेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद