नेभिगेशन
खेलकुद

खेलकुदमन्त्री चौधरीलाई मन्त्रालय २ कक्षाको कथा ‘हात्तिको कान’ : खेलबारे राख्दैनन् सामान्य ज्ञान

काठमाडौं– नेपाली विद्यालयमा कक्षा २ मा एउटा कथा छ, हात्तिबारे। फरक क्षमता भएका तर आँखा नदेख्ने एक जनाले हात्तिको कान छामेर ‘नाङ्लो’ भन्छन्।

अहिलेको सरकारका खेलकुदमन्त्री तेजुलाल चौधरीलाई मन्त्रालय त्यस्तै भएको छ।

उनले खेल र लिगबारे सामान्य ज्ञान समेत नराखेका पर्याप्त उदाहरण छन्। 

कांग्रेसबाट सरकारमा खेलकुद मन्त्रालयको जिम्मेवारी लिएका तेजुलाल चौधरीले यस्तै यस्तै किसिमका अन्तरवार्ता दिइरहेको पाइन्छन्।

खेलकुद मन्त्रीलाई नेपाली खेलकुद क्षेत्रको सामान्य ज्ञान हुन आवश्यक पर्छ। 

तर नेपालका खेलकुदमन्त्रीलाई भने नेपाली फुटबलको सामान्य ज्ञान नभएको उदाहरण पर्याप्त छन्। 

उनले भनेका छन्, ‘क्रिकेटको नेपाल प्रिमियर लिगजस्तै अब फुटबलको पनि लिग हुनुपर्छ। निजी क्षेत्रले क्लबहरु किनेर खेलाडीहरु किनबेच गर्नुपर्छ।’
नेपालमा ए, बी र सी डिभिजनका खेल यसअघि हुँदै आएका छन्। अब नेपाल सुपर लिग पनि अर्को संस्करण हुने चरणमा छ। 

उनको मतलब थियो, अब नेपालमा पनि फुटबलको निजि क्षेत्रको सहभागितामा व्यवसायिक फुटबल फ्रान्चाइज लिग हुनुपर्छ। तर नेपालमा फुटबल फ्रान्चाइज लिग, नेपाल सुपर लिग (एनएसएल) सुरु भएर तेस्रो सिजन सुरु हुने तर्खरमा रहेको छ। 

नेपाल सुपर लिग निजि कम्पनी नेपाल स्पोट्र्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गर्ने गरेको छ। एन्फासँग प्राविधिक तथा आवश्यक सहयोग लिएर एनएसइमले अहिलेसम्म दोस्रो सिजन सफलता पुर्वक सम्पन्न गरिसकेको छ। 

विभिन्न ठाउँका क्लबका नामले यस प्रतियोगितामा अन्तराष्ट्रिय देखि राष्ट्रिय खेलाडीहरुले सहभागिता जनाउँने गरेका छन्। 

यसको पहिलो सिजन २०२१ मा भएको थियो। जसमा काठमाडौँ रेजर्सले उपाधि जितेको थियो। दोस्रो सिजनमा भने ललितपुरले जितेको थियो। 

यसको तेस्रो संस्करण भने चैत १६ गतेदेखि हुनेछ। अहिले यसका लागि क्लबहरु तिर्व रुपमा तयारीमा लागेका छन्।

मन्त्री चौधरीलाई खेलबारे न उनको सल्लाहकार समूहले जानकारी दिएको प्रमाणित हुन्छ न त उनको मन्त्रालयको सचिवालयले नै सुझाव दिएको प्रतीत हुन्छ। अहिले प्रश्न उठेको छ,‘यस्तो मन्त्रीले खेलकुदको विकास कसरी गर्ला?’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद