नेभिगेशन
खेलकुद

म्याच फिक्सिङको आरोपमा ७ खेलाडीलाई ५७ वर्षको प्रतिबन्ध

काठमाडौं- म्याच फिक्सिङ र सट्टेबाजीमा संलग्न भएको आरोपमा मेक्सिकोको तेस्रो डिभिजनको फुटबल क्लबका सात खेलाडीलाई ५७ वर्षको प्रतिबन्ध लगाइएको छ।

प्रतिबन्धमा पर्ने ६ खेलाडी रियल अपोडाकाका हुन् भने एक खेलाडी कोरेकामिनोस युएटीका रहेका छन्।

मेक्सिको फुटबल संघको अनुशासन आयोग र क्लबहरूले प्रतिबन्धित खेलाडीहरूको नाम खुलाएका छैनन्। यस्तै, कुन कुन खेलमा फिक्सिङ गरिएको थियो भन्नेबारे पनि कुनै जानकारी दिएका छैनन्।

रियल अपोडाका र कोरेकामिनोसका एक–एक खेलाडीलाई १६ वर्षको प्रतिबन्ध लगाइएको छ। तीन खेलाडीलाई सात वर्ष र अन्य दुई खेलाडीलाई दुई वर्षको प्रतिबन्ध लगाइएको छ।

नुएभो लियोनस्थित रियल अपोडाका क्लब सन् २०२३ मा स्थापना भएको थियो। क्लबले यस हप्ता नै आफ्नो ७ जना खेलाडीलाई निलम्बन गरिसकेको थियो। स्थानीय मिडियाका अनुसार रियल अपोडाकाका खेलाडीहरूले खेल जानीबुझी हारेका थिए वा कम्तीमा दुई गोल अन्तरले पराजित हुने प्रयास गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद