नेभिगेशन
खेलकुद

क्रिकेट प्रशिक्षकको आवेदन खुल्यो

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ । शनिबार क्यानले सामाजिक सञ्चालमार्फत सूचना निकाल्दै आवेदन खुलाएको जनाएको हो ।  

भारतीय प्रशिक्षक मोन्टी देशाईसँगको दुई वर्षे सम्झौता सकिएपछि क्यान प्रशिक्षक विहिन थियो । टी–२० विश्वकप दोस्रो पटक खेलेपछि क्यानले मोन्टीसँगको सम्झौता नवीकरण नगर्ने जनाएको थियो । 

क्यानले ईसीबी वा क्रिकेट अस्ट्रेलियाको लेभल ३ वा सो सरहको मान्यता सहित पाँच वर्षको अनुभवी प्रशिक्षक माग गरेको छ । आवेदन २८ फेब्रुअरीसम्म दिनसक्ने क्यानले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद