प्रहरीमाथि कुटपिट गर्ने अनेरास्ववियुका नेता जोशी पक्राउ
काठमाडौं- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता कमल जोशी पक्राउ परेका छन् । प्रहरीमाथि कुटपिट गर्ने जोशीलाई बिहीबार नयाँ बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराले बताए ।
गत माघ २४ मा ठमेलस्थित छायाँ सेन्टर अगाडि ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दारमाथि जोशी समेतले कुटपिट गरेका थिए । कुटपिटबाट प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्ती घाइते भएका हुन् ।
यसअघि आक्रमणमा संलग्न रहेको भन्दै रमेश फुलारा र दिनेश सिग्देल पक्राउ परिसकेका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१ २०:०५
प्रतिक्रिया दिनुहोस्