नेभिगेशन
खेलकुद

खो खो विश्वकपः नेपालको महिला टिम उपविजेता

काठमाडौं - नेपालको महिला टिम खो खो विश्वकपमा उपविजेता बनेको छ । 

आइतबार भारतको इन्दिरा गान्धी इन्डोर कोर्टमा भएको खेलमा नेपाल भारतसँग ७८–४० अन्तरले पराजित भयो । भारत पहिलो संस्करण नै च्याम्पियन बनेको छ ।

यसअघि अपराजित हुँदै फाइनल यात्रा तय गरेको नेपाल फाइनलमा भने घरेलु टोलीसँग पराजित भयो । नेपालले सेमिफाइलनमा युगान्डालाई हराएको थियो । 

केही समयपछि सुरु हुने पुरुषतर्फको फाइनल खेलमा नेपालले भारतसँग नै खेल्दैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

नेपाल र हङकङबीचको खेल रद्द