नेभिगेशन
राजनीति

रवि लामिछानेको निलम्बन जोगाउन सभामुखलाई रास्वपाका तीन नेताले दिए टेकबहादुरको उदाहरण

काठमाडौं– सभापति रवि लामिछानेलाई सांसदबाट निलम्बन नगर्नका लागि रास्वपाका तीन नेताले सभामुख देवराज घिमिरेसँग अनुरोध गरेका छन्।

प्रमुख सचेतक रहेका सन्तोष परियार, सोबिता गौतम र गणेश पराजुलीले संयुक्त रुपमा संसद सचिवालय र सभामुखको कार्यकक्षमा गएर निलम्बन नगर्नका लागि अनुरोध गरेका हुन्। 

उनीहरूले विशेष अदालतले भ्रष्टाचार ठहर गर्दा पनि कांग्रेस सांसद टेकबहादुर गुरुङको सांसद पद सर्वोच्चले नहटाउन गरेको आदेशलाई उदाहरणका रुपमा पेस गरेका छन्।

तर सर्वोच्चको उक्त आदेश विवादीत बनेको थियो। सभामुख घिमिरेले कानुनसम्मत र नियमावलीलगायतको अध्ययनका आधारमा कदम चालिने बताएका थिए। 

कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि रविवारेको जानकारी पत्र सभामुखलाई पठाइएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति