राजदेवीमा १५ हजार बोकाको बलि
काठमाडौँ- जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा १५ हजार बोकाको बलि चढाइएको छ ।
यसवर्ष सप्तमी तिथिमै बलि चढाइएको हो । बिहीबार साँझ ८ः ३८ बजेदेखि बिहान ४ः०५ बजेसम्म बलि दिइएको थियो । साढे सात घण्टामा १५ हजार ४ बोकाको बलि दिइएको महावीर युवा कमिटीका महासचिव चन्दन नागबंसीले बताए ।उनका अनुसार रसिदबाट १४ हजार ६५२ बलि चढेको छ । आयोजक कमिटीले ९ र सरकारी निकायबाट ९३ वटा बलि चढाइयो । यसबाहेक २५० वटा बोकाको बलि निःशुल्क चढेको छ ।
मन्दिरमा बलि चढाउन प्रति बोकाको तीन सय रुपैयाँ आयोजकले उठाएको छ । बलि चढाएबापत ४३ लाख ९५ हजार ६ सय रूपैया संकलन भएको छ ।
गत वर्ष १५ हजार २५१ बोकाको बलि दिइएको थियो । निष्ठापूर्वक राजदेवी माताको पूजा गर्दा मनोकामना पूरा हुने जनविश्वास रही आएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१ १३:४२
प्रतिक्रिया दिनुहोस्