Nic Ad Nic Ad
Nic Ad Nic Ad

काभ्रेको तेमालमा १२ बेपत्ता, पहिरोमा पुरिएका ४ जनाको शव निकालियो

आइतबार, असोज १३, २०८१

काठमाडौं– अबिरल बर्षापछि आएको बाढी र पहिरोले पिरोलेको काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा घरमा पुरिएका ४ जनाको शव निकालिएको छ।

samridhi jewllers

कम्तिमा १२ जना बेपत्ता रहेको तेमाल गाउँपालिकाले जनाएको छ। 

तीन जना घाइतेको उद्धार गरिएको छ। 

केही व्यक्ति अझै सम्पर्कमा नभएको जानकारी आए पनि विद्युत् र फोन सम्पर्क समेत नहुँदा थप बुझ्न नसकिएको अवस्था छ। पहिराले घरभित्रै पुरिएकाको दुई दिनदेखि उद्धार गर्न नसकिएको गाउँपालिकाले जनाएको छ। 

अब उक्त क्षेत्रमा उद्दारका निम्ति सेनाको हेलिकोप्टर जाने क्रममा रहेको छ। सेनाको हेलिकोप्टरले रोशी गाउँपालिकामा अलपत्र रहेकाको पनि उद्दार कार्य जारी राखेको छ।
 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्