नेभिगेशन
राजनीति

कांग्रेस सभापति देउवाद्वारा शिक्षा विभागमा नयाँ सदस्य मनोनीत

 काठमाडाैं - सत्ता साझेदार दल नेपाली कांग्रेसले शिक्षा विभागमा सदस्यहरू मनोनयन गरेको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले विभागमा १० जना सदस्य मनोनयन गरेको कार्यवाहक मुख्यसचिव डा.प्रदीप पराजुलीले जानकारी दिए ।

केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहेको विभागमा सभापति देउवाले पार्टी विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम विभाग सदस्य मनोनीत गरेका हुन् ।

यी हुन् मनोनयनमा परेका सदस्यहरू

१. प्रा.डा. कमलदीप ढकाल, सिन्धुली

२.राजकुमार आचार्य, खोटाङ

३. पुजा पासवान, महोत्तरी

४. हरिसिंह केसी, धादिङ

५. त्रिविक्रम पाण्डे, काठमाडौं

६. राजन श्रेष्ठ, काठमाडौं

७. किरण भट्ट, गोरखा

८. लालमणि भण्डारी, दाङ

९. खेमराज केसी, दैलेख

१०. तारामान रावल, कैलाली

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति