Nic Ad Nic Ad
Nic Ad Nic Ad

राप्रपाद्वारा ४० वर्षमुनिका २० युवा केन्द्रीय सदस्यमा छनोट

मंगलबार, असोज १, २०८१
samridhi jewllers

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा छनोट गरेको छ । जसमा मिस नेपाल वर्ल्ड २०२४ आश्माकुमारी केसी पनि रहेकी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय कार्यसमितिमा लैजान छनोट समिति गठन गरिएको थियो । छनोट समितिले विभिन्न आधारमा छनोट गरेका युवाहरूलाई अन्तर्वार्तापछि १० महिना र १० पुरुषलाई केन्द्रीय सदस्यमा छनोट गरेको थियो । अन्तर्वार्तापछि मिस नेपाल वर्ल्ड केसी पनि केन्द्रीय सदस्यमा छनोट भएकी हुन् ।दार्चुलाका अशोक सिंह सम्राट्, कैलालीका लोकेन्द्र कुँवर, काठमाडौँका विनोद श्रेष्ठ, कास्कीका अरुण गिरी, सिन्धुपाल्चोकका इन्जिनियर गोपीकृष्ण चौलागाई, दाङका शिवकुमार चौधरी, सुर्खेतका रविकिरण हमाल, पश्चिम नवलपरासीका नवतीत कुमार मिश्र, काठमाडौँका समीर शर्मा र युके प्रवासका डा. डेभिड थापा राप्रपा केन्द्रीय सदस्य बनेका छन् ।

त्यस्तै धादिङकी बिना लामा, पर्साकी बिना जयसवाल, सिन्धुपाल्चोककी लक्ष्मी (नानी) थापा, सुनसरीकी नजियाँ खातुन मिया, ललितपुरकी इन्जिनियर सजिना कार्की, सल्यानकी अनिशा नेपाली, तनहुँकी रेजिना श्रेष्ठ, काभ्रेपलाञ्चोककी इन्जिनियर दीपा श्रेष्ठ, मिस नेपाल वर्ल्ड २०२४, काठमाडौँकी आश्माकुमारी केसी र हुम्लाकी तारा जैसी पनि राप्रपा केन्द्रीय सदस्य छनोट भएका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  २०:४६
प्रतिक्रिया दिनुहोस्