नेभिगेशन
राजनीति

प्रधानमन्त्रीद्वारा राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी गराएका छन् ।

 सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा जानकारी गराएका हुन् ।

महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसहित प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घमा आफूले उठाउने विषयमा पनि बैठकलाई जानकारी दिँदै छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउँदै आएको छ। नेपालले राष्ट्रसङ्घको बडापत्रलाई परराष्ट्र नीतिको अभिन्न अंग मान्दै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति