नेभिगेशन
राजनीति

एमाले केन्द्रीय कार्यालयको बैठक आइतबार बस्ने

काठमाडौँ - नेकपा एमालेले केन्द्रीय कार्यालयको बैठक आइतबार बोलाएको छ । आइतबार बिहान ११ बजे केन्द्रीय मुख्यालय च्यासलमा बैठक बोलाइएको छ ।

महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालयले सचिवालय बैठकका लागि एजेण्डा तय गर्नेछ । ‘केही दिनपछि सचिवालय बैठक बस्दै छ, सचिवालयका लागि एजेण्डा तय गर्न केन्द्रीय कार्यालयको बैठक बोलाइएको हो’, केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले भने ।
उनका अनुसार मंगलबारतिर सचिवालय बैठक बस्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति