नेभिगेशन
राजनीति

परराष्ट्रमन्त्री डा. राणासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकी छन् । 

सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटका क्रममा परराष्ट्रमन्त्री राणालाई युरोपियन युनियनका राजदूत लोरेञ्जोले बधाइ तथा शुभकामना गरेकी थिईन्।

उनीहरूबीच नेपाल र युरोपियन युनियनबीचको सम्बन्धका विविध पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति