नेभिगेशन
राजनीति

रवि लामिछानेले जमानतमा बाहिर बसेर मुद्दा फेस गर्न पाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ- नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई भेटेका छन्।

लुम्बिनी प्रदेश स्तरीय २ दिने विस्तारित बैठकमा भाग लिन जाने क्रममा भैरहवा कारागार पुगेर भेट गरेका हुन्।

भेटेपछि उनले भने, ‘उहाँमाथि अन्तिम फैसला भइसकेको छैन। न्यायिक हिरासतमा हुनुहुन्छ। कोही मान्छे भाग्छ थप अपराज गर्छ भन्ने लाग्दा न्यायिक हिरासतमा राख्ने हो। तर जनताको प्रतिनिधि भएको व्यक्ति भागेर जाँदैन। त्यसैले बाहिर जमानतमा रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्थ्यो भन्ने मेरो बुझाइ हो।’

उनले मुद्दाको विषयमा अदालतले फैसला गर्ने भएपनि वैकल्पिक राजनीतिक सोच राख्ने भएकाले भेट्न आएको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति