नेभिगेशन
समाज विविध

यता भाई रविको गृहमन्त्री पद गयो, उता हरिशरणको जागिर सकियो

काठमाडौं– नेपाली सञ्चार क्षेत्रमा रेडियो नेपालको ३५ बर्षको जागिरे जीवनबाट हरिशरण लामिछानेले विदा लिएका छन्। 

शुक्रबार बिहान ७ बजेको समाचारसँगै उनको जागिरे अवधि सकिएको हो। उनले भने,‘हरिशरण लामिछानेबाट समाचार पूरा भयो, नमस्कार।’

संयोग नै मान्नुपर्छ शुक्रबारकै दिन यता नेपाली राजनीतिक समीकरणमा फेरबदल हुँदा हरिशरणका भाई राष्ट्रिय स्वतन्त्र पाटीं (रास्वपा)का सभापति रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद समेत गएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने निश्चिततासँगै उनकै पक्षमा उभिएका रविको पद पनि गुमेको हो। 

पछिल्लो समय दाजुभाईबीच राम्रो सम्बन्ध नभएको विवरण सार्वजनिक भएका थिए। हरिशरण भाई रविको राजनीतिसँग त्यति खुसी छैनन्। उनले सहकारी प्रकरणमा रविले जवाफदेहिता नदिएको तथा भनेको नमानेको लगायतका विषयमा असन्तुष्टि जनाएको विवरण सतहमा आएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध