नेभिगेशन
समाज विविध

गृहमन्त्री लामिछानेलाई ज्ञानेन्द्र शाहीले भने– अझै ७ दिन छ क्यान्टोनमेन्ट घोटाला प्रष्ट पार्नुस् 

काठमाडौं– राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि पुराना जस्तै गफ दिनेभन्दा अन्य काममा अभ्यस्त नभएको आरोप लगाएका छन्। 

प्रतिनिधि सभामा आइतबार विशेष समयमा बोल्दै शाहीले प्रधानमन्त्री खुस्किने बेलामा प्रचण्डले गणतन्त्र र धर्म निरपेक्षता खतरामा पर्यो भनेजस्तै लामिछानेले पनि फाइल खोल्न लागेको सरकार ढल्यो भन्ने गरेको टिप्पणी गरे। 

जनताले नयाँ पार्टी र सांसदलाई यस्ता कुरा गर्नका लागि नजिताएको बताउँदै उनले भने,‘जीबी राई पक्रेर लेर आउनुस्, फूलमालाले स्वाग गरिन्छ।’

सरकारको अझै ७ दिन बाँकी रहेको बताएका शाहीले फाइल नखोले पनि रोष्ट्रमबाटै क्यान्टोमेन्ट घोटालाको नाइकेको नाम भन्न लामिछानेलाई चुनौति दिए। सो क्रममा उनले बिहारका दुई चोरको लघुकथाको उद्दरण पनि गरेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध