Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहमति अनुमोदन गर्न च्यासलमा एमाले सचिवालय, कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति

मंगलबार, असार १८, २०८१

काठमाडौं– सहमति कार्यान्वयन र ब्रिफिङका लागि नेकपा एमालेले सचिवालय बैठक गरेको छ। यसैगरी नेपाली कांग्रेसले बुधबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ। 

samridhi jewllers

सोमबार मध्य रातमा संविधान संशोधनसहितका विभिन्न विषयमा समझदारी गरी राष्ट्रिय सहमतिको सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन गर्ने निधो दुवै पार्टीले गरेका थिए। 

पहिलो डेढ बर्ष एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने र अरु समय कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको थियो। 

कांग्रेसले मंगलबार विपक्षी दलसँग बैठक गरेको छ। एमालले भने हाल प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गरी मार्ग प्रशस्त गर्न भनेको छ। माओवादीको बैठकले भने विश्वासको मत लिने निर्णय अनुमोदन गरेको थियो।
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्